अटो बजारको ठूलो मेला नाडा अटो शोमा एथरको स्कुटरमा ग्राहकले निकै चासो देखाएका छन् ।एक वर्ष अघि नेपाली बजारमा वैद्य अर्गनाइजेसनले भित्र्याएको भारतीय विद्युतीय स्कुटर ब्रान्ड एथरकाे स्कुटर चढ्न मेलामा आएका ग्राहकहरुले बुकिङ समेत गरिसकेका छन् ।
नाडा अटाे शाेमा एथर ४५० एक्सका दुई भेरियन्टका साथै ४५० एस पनि उपलब्ध गराएकाे हो । एथर ४५० एसमा एक्सकै समान फिचर उपलब्ध हुनेछ । एस भेरियन्टमा भने टच स्क्रीन डिस्प्ले उपलब्ध हुने छैन । कम्पनीले अहिले ४५० एसको बुकिङ लिइरहेको छ ।
नाडा अटाे शाेमा एथर पहिलो पटक सहभागी भएकाे हाे । यस अघि कम्पनीले नेपालमा एथर ४५० एक्सको दुई भेरियन्ट बिक्री गरिरहेकाे छ ।
एथर ४५० भेरिएन्टका मूल्य यस्ताे छ
कम्पनीले एथर ४५० एसको मूल्य तीन लाख ५० हजार रुपैयाँ ताेकिएकाे छ । एथरका स्कुटरहरूमध्येकाे नेपालमा बिक्री भइरहेकाे याे सबैभन्दा सस्ताे स्कुटर हाे । एथर ४५० एस २.९ किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध रहेकाे छ ।
यसैगरी, नेपाली बजारमा एथर ४५० एक्स स्कुटरको मूल्य २.९ किलोवाट आवर ब्याट्री मोडेलको तीन लाख ८५ हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ ।
अर्काे ३.७ किलाेवाट आवरको ब्याट्री रहेकाे ४५० एक्सकाे बजार मूल्य ४ लाख ३९ हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ।
एथर ४५० का भेरियन्टका फीचर्स
एथर ४५० एस र एक्सकाे टप स्पीड ९० किलोमिटर प्रतिघण्टा रहेको छ । एथर ४५० एसले सिंगल चार्जमा ११५ किलोमिटर रेन्ज दिनेछ भने ४० किमि प्रतिघण्टाको बेग समात्न ३.३ सेकेन्ड लाग्नेछ ।
यसैगरी, एथर ४५० एक्सले १११ देखि १५० किलोमिटरसम्म रेन्ज प्रदान गर्नेछ। जसलाई शून्यबाट ४० किमि प्रतिघण्टाको बेग समात्न ३.३ सेकेन्ड लाग्ने कम्पनीकाे दाबी छ ।
यि स्कुटरहरूमा पार्किङ एसिस्ट, रिभर्स गियर, अटो होल्ड, गुगल म्यापसहितको ७ इन्चको टीएफटी डिस्प्ले, मल्टी–स्टप ट्रिप प्लानर, ब्लुटुथ कल तथा म्युजिक कन्ट्रोल, थेफ्ट एण्ड टो अलट्र्स लगायतका फिचर रहेका छन् ।
यी स्कुटरमा पाँच वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिइएको छ । यस्तै, चार्जरकाे वारेन्टी ३ वर्ष पाउन सकिनेछ । अर्काे ब्याट्रिकाे वारेन्टिमा पाँच वर्ष वा ६० हजार किलोमिटर पाइनेछ । तर ब्याट्री हेल्थ ७० प्रतिशतभन्दा मुनि आएमा नयाँ ब्याट्री उपलब्ध गराउने कम्पनीकाे भनाइ छ।
वाटर रेसिस्टेन्ट र डस्ट प्रुफका लागि आईपी ६५ रेटिङ, सात इन्चको टीएफटी टचस्क्रिन, फोरजी कनेक्टिभिटी, ब्लुटुथ ४.२ समेत एथर स्कुटरमा पाउन सकिन्छ ।
यसका साथै, एथर स्कुटरका लागि छुट्टै मोबाइल एप समेत पाउन सकिनेछ । यसमा टो एण्ड थेप्ट नोटिफिकेसन, फाइन्ड माई स्कुटर, फाइन्ड एथर ग्रिड नियर यु, रियल टाइम चार्ज स्टाटस, पुस नेभिगेसन, राइड इनसाइट, एथर ट्रिप प्लानर लगायतका फिचरहरू रहेका छन् ।
यी स्कुटरमा पार्क असिस्ट, अटो होल्ड, २२ लिटरको बुट स्पेस, साइड स्ट्यान्ड सेन्सर, अटो इन्डिकेटर कटअफ, स्विच अफ गर्दा समेत २० सेकेन्डसम्म हेडलाइट बल्ने, डकुमेन्ट स्टोरेज अन ड्याशबोर्ड, पछाडि बस्नेलाई खुटा राख्ने ठाउँ पनि पाउन सकिने कम्पनीकाे भनाइ छ ।
इमर्जेन्सी स्टप सिग्नल, लड्दा मोटरको पावर सप्लाई बन्द गर्ने फलसेफ, डुअल डिस्क ब्रेक आदि फिचर समेत रहेको एथर ४५० एक्स व्यक्तिगत अथवा फिक्स चार्जरले चार्ज गर्न सकिन्छ । ३.७ किलोवाट आवर मोडेलको स्कुटर शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न साढे चार घण्टा र २.९ किलोवाट भर्सनलाई ६ घण्टा ३६ मिनेट लाग्ने बताइएको छ ।
एथर ४५० एक्सका २ भेरियन्ट स्कुटरहरू कालाे, सेताे,राताे, साल्ट ग्रीन, स्पेस ग्रे र लुनर ग्रे रङमा पाउन सकिनेछ । यसैगरी, कालाे, सेताे,साल्ट ग्रि र स्पेस ग्रे रङमा एथर एस उपलब्ध रहेकाे छ ।