बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM Merolagani



अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।

बजारको पूँजीकरण अब्यवहारिक हुँदा बजारमा गम्भिर धक्का पुगेको सांसद ढकालले बताए । बजारमा उत्पन्न भ्रमपूर्ण विधिले लगानीकर्ताको मनोभावना खस्काएको उनकाे भनाइ छ। बजारलाई स्वर्त स्फूर्त र प्रकृतिक बनाउनको लागि सरकारले बजारमा भएका अवैज्ञानिक विधिहरुलाई हटाउदै वैज्ञानिक बनाउनु पर्नेमा ढकालले जोड दिए ।

ब्रोकरको तर्फबाट प्रियराज रेग्मी, दुर्गा तिवारी, मर्चेन्ट क्यापिटलको तर्फबाट सचिन सिलवाल र लगानीकर्ताको तर्फबाट नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल र गोपाल स्वामीले अर्थमन्त्रीलाई भेटेर सुझाव दिएका हुन ।

१. अवैज्ञानिक तरिकाले गणना गरेको बजार पूँजीकरणले बजारमा गतल संदेश दिएकाले तथ्य परक भई वैज्ञानिक तरिकाले बजार पूँजीकरण गणना गरि समायोजन गर्नुपर्ने ।

२. बैंक वित्तीय संस्थालाई आफ्नो प्राथमिक पूँजीको २ प्रतिशत रकम अल्पकालीन रुपमा सुचीकृत कम्पनीमा लगानी (खरिद बिक्री) गर्न दिनुपर्ने ।

३. सबै प्रकारका शेयर धितो कर्जाको जोखिम भारलाई १०० प्रतिशतमा झानुपर्ने ।

४. धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्नुपर्ने ।

५. खरब वित्तीय अवस्था भएका कम्पनीहरुको प्राथमिक एवं हकप्रद निश्कासन रोक्नु पर्ने ।

६. धितोपत्र बोर्डले इजाजत दिएका संस्थाहरु (स्टक एक्सचेञ्ज, ब्रोकर, मचेन्ट बैकरहरु) को प्राविधिक क्षमता विस्तार गर्नुपर्ने ।

७. धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीहरुको पारदर्शिता कायम राख्न र बजारमा हुन सक्ने अवाच्छित गतिबिधि रोक्न नियमन बढाउनु पर्ने ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।