बीमा प्राधिकरणद्वारा मेलमिलाप तथा मध्यस्थता कार्यविधि लागू, विवाद समाधानका लागि मध्यस्थता समिति गठन

Sep 03, 2024 04:32 PM Merolagani



नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि, २०८१ लागू गरेको छ। प्राधिकरणले बीमा क्षेत्रका विवादहरुलाई मेलमिलाप तथा मध्यस्थताको प्रक्रियाका माध्यमबाट समाधान गर्ने प्रयासस्वरुप यो कार्यविधि लागू गरेको हो ।

कार्यविधि अनुसार बीमा सम्वन्धि कुनै विवाद सृजना भइ समाधानको लागि प्राधिकरणमा निवेदन दिएपछि प्राधिकरण सञ्चालक समिति आफैँले वा मेलमिलाप तथा मध्यस्थता समितिमार्फत यो कार्यविधिबमोजिमको प्रक्रिया पूरा गरी विवादको निरुपण गराउन पहल गर्नेछ ।

त्यसको लागि यसका लागि मध्यस्थता समिति गठन गरिनेछ । समितिको संयोजकमा प्राधिकरणका अध्यक्ष रहने छन् भने सदस्यहरुमा प्राधिकरणका कार्यकारी निर्देशक,कानुन तथा नियमन महाशाखा प्रमुख, उजुरी शाखाका प्रमुख र अध्यक्षले तोकेको उजुरी शाखाका एकजना अधिकृत रहनेछन् ।

प्राधिकरणका अनुसार मध्यस्थता समितिले निम्न लिखित प्रकार विवाद निरुपण गर्न सक्नेछः

(क) ऐनको दफा १३ को खण्ड (च) बमोजिम अध्यक्षले बीमक र बीमितबीचको विवादमा मध्यस्थता गर्नको लागि मेलमिलाप तथा मध्यस्थता समितिमा पठाएका विवादहरु,

(ख) बीमकले बीमालेखमा उल्लिखित अवधिभित्र बीमितलाई बीमा दाबी भुक्तानी नगरेको, दायित्व निर्धारण नगरेको वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेको भनी बीमितले प्राधिकरणसमक्ष उजुरी गरेकोमा त्यस्ता विवादमा ऐनको दफा १२८ को उपदफा (३) को खण्ड (क) बमोजिम उजुरवाला र बीमकबीच मिलापत्र गराउनको लागि सञ्चालक समितिले मेलमिलाप तथा मध्यस्थता समितिमा पठाएका विवादहरु,

(ग) कुनै बीमक वा निजको कुनै सञ्चालक वा पदाधिकारी वा कर्मचारीले वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले कुनै बीमितको हकहितविरुद्ध कुनै कार्य गरी निजलाई हानिनोक्सानी पुर्याएको भनी प्राधिकरणमा उजुरी प्राप्त भएकोमा ऐनको दफा १२( को उपदफा (४) बमोजिम उजुरीकर्ता र बीमकबीच मिलापत्र गराउन प्राधिकरणले मेलमिलाप तथा मध्यस्थता समितिमा पठाएका विवादहरु,

(घ) ऐनको दफा १३) बमोजिम इजाजतपत्रप्राप्त बीमकहरुबीचमा वा बीमा मध्यस्थकर्ताहरु बीचमा वा बीमक, मध्यस्थकर्ता वा बीमाका अन्य पक्षहरुका बीचमा कुनै विवाद उत्पन्न भई आपसी समझदारीमा निरुपण हुन नसकेको खण्डमा विवादमा संलग्न पक्षहरुमध्ये कुनै एक पक्षले प्राधिकरणमा मेलमिलाप वा मध्यस्थताको लागि अनुरोध गरेकोमा सञ्चालक समितिले मेलमिलाप वा मध्यस्थताको माध्यमबाट मेलमिलाप तथा मध्यस्थता समितिमार्फत विवाद निरुपणको लागि पठाएका विवादहरु,

(ङ) प्राधिकरणमा दर्ता भएको कुनै उजुरीको सम्बन्धमा सञ्चालक समितिले मेलमिलाप तथा मध्यस्थता समितिमार्फत मेलमिलाप वा मध्यस्थताको माध्यमबाट विवाद निरुपण गर्न उपयुक्त देखेका विवादहरु,

(च) प्राधिकरणको उजुरी शाखामा प्राप्त विवादहरुमध्ये मेलमिलाप वा मध्यस्थताको माध्यमबाट विवाद समाधन गर्न सकिने प्रकृतिका विवादहरु ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।