स्किल सेवाले चितवनमा घर निर्माण सम्बन्धी परामर्श कार्यक्रम गर्दै

Sep 03, 2024 05:56 PM Merolagani



स्किल सेवा प्रा. लि ले घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ। भदाै २९ गते, शनिबार दिउँसो ११ बजे सिरेन बुटिक होटल चितवनमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो।

घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा बिशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । परामर्शको लागि स्किल सेवाको प्रमुख कार्यालयबाट सस्थापन समुह नै चितवनमा हुनेछन् । चितवनमा बनेका प्राय नयाँ घरहरूमा नै सिपेज,लिकेज र क्रयाक जस्ता समस्याहरू बढी देखिएकोले चितवन जिल्लामा यस कार्यक्रम अयोजना गरिएको चितवन शाखा प्रबन्धक सौगात तिवारीले बताए । घरमा सिपेज, भित्ता चर्कर्ने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने विषयवस्तुका बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिनका लागि घरको डाक्टर उपनामले परिचित यस कम्पनीले परामर्श कार्यक्रम गर्न लागेको हो ।

घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, घर निर्माण गर्दा हामीबाट हुने कमी कमजोरी एवम् प्रक्रियागत त्रुटिको बारेमा ध्यान नदिदा विभिन्न किसिमका जोखिमहरु आउने गरेका छन्। यसको लागि घर निर्माण गर्नु पूर्व प्राविधिकको परामर्श लिनु आवश्यक पर्ने उनको भनाइ रहेको छ।

बिगत ७ बर्ष देखि घरका बिभिन्न समस्याहरूको चेकजाँच र वारेन्टी सहित समाधान दिदैँ अइरहेको यस कम्पनीले समस्यारहित घर निमार्णका लागि यस्ता निशुल्क परामर्शहरू दिने गरेकाे छ। कम्पनीले ४० हजार भन्दा बढी घरहरूको चेकजाँच गरिसकको समेत संस्थापक महेश तिमिल्सना बताउँछन् । त्यसैले, यस कार्यक्रमको लाभ भने सुरूमा बुक गर्ने मात्रै २५ जनाले सहभागी हुन पाउनेछन् । परामर्श निशुल्क रहेकाे कम्पनीले जनाएकाे छ।




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।