याे दशैँमा पुरानै सुकिला नाेटले काम चलाउनु पर्ने, नयाँ नाेट नपाइने

Sep 03, 2024 06:22 PM Merolagani



याे दशैँमा नयाँ नाेट नपाइने भएकाे छ । नयाँ नाेटकाे साटाेमा नेपाल राष्ट्र बैंकले सुकिला नोट मात्रै सटही गर्ने भएको हाे ।

बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै बैंकले याे दशैँमा सुकिला नोटको सटही गर्ने भएकाे हाे । तर बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्ने भएकाे छ । ठूला दरका नोट पनि सुकिला नोट नै बैंकले बजारमा पठाउने भएकाे छ ।

यसअघिका वर्षहरूमा नेपाल राष्ट्र बैंकले दशैँमा नयाँ नोट सटही गर्ने व्यवस्था गर्ने गरेकाे थियाे । गत वर्ष पनि केन्द्रिय बैंकले साना दरको १/१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट साटिएकाे थियाे । यद्धपी गत वर्ष साटिएका नयाँ नोट नेपाल राष्ट्र बैंकमा नै फिर्ता आएकाे थियाे । सोही नोट यो दशैँमा बैंकले सटही गर्न लागेकाे हाे।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।