याे दशैँमा पुरानै सुकिला नाेटले काम चलाउनु पर्ने, नयाँ नाेट नपाइने

Sep 03, 2024 06:22 PM Merolagani



याे दशैँमा नयाँ नाेट नपाइने भएकाे छ । नयाँ नाेटकाे साटाेमा नेपाल राष्ट्र बैंकले सुकिला नोट मात्रै सटही गर्ने भएको हाे ।

बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै बैंकले याे दशैँमा सुकिला नोटको सटही गर्ने भएकाे हाे । तर बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्ने भएकाे छ । ठूला दरका नोट पनि सुकिला नोट नै बैंकले बजारमा पठाउने भएकाे छ ।

यसअघिका वर्षहरूमा नेपाल राष्ट्र बैंकले दशैँमा नयाँ नोट सटही गर्ने व्यवस्था गर्ने गरेकाे थियाे । गत वर्ष पनि केन्द्रिय बैंकले साना दरको १/१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट साटिएकाे थियाे । यद्धपी गत वर्ष साटिएका नयाँ नोट नेपाल राष्ट्र बैंकमा नै फिर्ता आएकाे थियाे । सोही नोट यो दशैँमा बैंकले सटही गर्न लागेकाे हाे।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।