नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म आवेदन गर्न सकिन्छ ?

Sep 04, 2024 09:14 AM Merolagani



नेपाल इन्स्योरेन्सले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गर्न बोलपत्र आह्वान गरेको छ । कम्पनीको संस्थापक समूहको ६६ हजार ५६६ कित्ता सेयर बिक्रीमा राखेको हो ।

इन्स्योरेन्सको उक्त संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी वा जोकोही योग्य व्यक्ति तथा कम्पनीले खरिद गर्न पाउनेछन् । इन्स्योरेन्सको संस्थापक शेयरमा आज भदौ १९ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ भने कम्तिमा एक हजार कित्ता शेयरको लागि आवेदन सकिनेछ ।

नेपाल बीमा प्राधिकरणको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धि निर्देशिका २०७७ बमोजिम संस्थापक सेयर बिक्रीमा राखिएको हो । बोलपत्र आवेदन फाराम इन्स्योरेन्सको बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटमा पेश गर्न सकिने छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।