नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म आवेदन गर्न सकिन्छ ?

Sep 04, 2024 09:14 AM Merolagani



नेपाल इन्स्योरेन्सले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गर्न बोलपत्र आह्वान गरेको छ । कम्पनीको संस्थापक समूहको ६६ हजार ५६६ कित्ता सेयर बिक्रीमा राखेको हो ।

इन्स्योरेन्सको उक्त संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी वा जोकोही योग्य व्यक्ति तथा कम्पनीले खरिद गर्न पाउनेछन् । इन्स्योरेन्सको संस्थापक शेयरमा आज भदौ १९ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ भने कम्तिमा एक हजार कित्ता शेयरको लागि आवेदन सकिनेछ ।

नेपाल बीमा प्राधिकरणको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धि निर्देशिका २०७७ बमोजिम संस्थापक सेयर बिक्रीमा राखिएको हो । बोलपत्र आवेदन फाराम इन्स्योरेन्सको बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटमा पेश गर्न सकिने छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।