आईपीओ जारी गर्ने प्रस्ताव गर्दै पूर्वाञ्चल ल्युव आयलले बोलायो साधारण सभा

Sep 04, 2024 10:08 AM Merolagani




पूर्वाञ्चल ल्युव आयल लिमिटेडले सर्वसाधारणलाई प्राथामिक (आईपीओ) शेयर जारी गर्ने प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैंठकले कम्पनीको साधारण सभा बोलाउन निणर्य गरेको हो ।

कम्पनीको दोस्रो वार्षिक साधारण सभा असोज ९ गते बुधबार एअरपोर्ट होटल सिनामंगलमा बिहान १० बजे सुरु हुनेछ ।

सभाले सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै चुक्ता पूँजीको १०.५२ प्रतिशतले हुने तीन करोड १५ लाख ७८ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्ने भएको हो ।

साथै प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव र आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू समेत पारित गर्ने कार्यक्रम सभाका लागि तय भएको छ । सभाले प्रवन्धपत्र र नियमावली तथा प्राथामिक शेयर निष्काशनमा गरिने संसोदन एव परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।