Thu, Jan 08, 2026
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक जना संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
उक्त संस्थापक शेयरमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका दिनबाट ३५ दिनभित्र आवेदन गरिसक्नुपर्ने छ । शेयर खरिद गर्न इच्छुकहरुले शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।