कोरियन प्रविधीको औषधि उद्योग मिरा बायोटेकले आईपिओ जारी गर्ने, एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता

Sep 04, 2024 01:20 PM Merolagani



दक्षिण कोरियाको ईयुबायोलोजिक्स कम्पनी लिमिटेडको सहकार्यमा औषधि उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजी बृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ । सो कम्पनीले पुँजी बृद्धी र आईपिओ निष्काशन प्रक्रिया अगाडी बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सम्बन्धि सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेक लिमिटेडका अध्यक्ष डा. विनोद साहले हस्ताक्षर गरेका हुन् ।

ईयुबायोलोजिक्स कम्पनी लिमिटेड (ईयूबी)सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत औषधि तथा भ्याक्सिन उत्पादन गरिरहेको मिरा बायोटेकले भर्खरै सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राईभेटबाट पव्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरिसकेको छ । योसँगै यस कम्पनीले २० प्रतिशत शेयर आम सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ ।

नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सकहरु र फर्मा बैज्ञानिकहरुको पहलमा स्थापित मिरा बायोटेक अन्तराष्टियस्तरको क्रोनिक सेगमेन्टका औषधिहरु उत्पादन गर्ने कम्पनी हो । हाल, यस कम्पनीले करिब २ दर्जन ब्राण्डका औषधि उत्पादन गरिरहेको छ । यसबाहेक यसले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको कम्पनीका सिईओ सुशिल पौडेलले जानकारी दिए ।

हाल ५२ करोड चुक्तापुँजी रहेको यस कम्पनीले चुक्तापुँजी बृद्धि गर्दैछ । पुँजी बृद्धिपछि यस कम्पनीले आईपिओ निष्काशन गर्ने भएको हो । सोका लागि एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको हो ।

एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजना अन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पव्लिक कम्पनीमा रुपान्तरण, पुँजी बृद्धी र व्यवसायीक प्रबर्द्धनात्मक परामर्श सेवा दिँदै आइरहेको छ । मिरा बायोटेकलाई पनि आईपिओ निष्काशन अगाडी पुँजी बृद्धि, ब्राण्डिङ र बजारीकरणका लागि वित्तीय व्यवस्थापकीय कार्यमा समेत परामर्श सेवा प्रदान गर्ने जनाएको छ ।

यसबाहेक आईपिओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।

भक्तपुरका चागुनारायणमा आफ्नै जग्गा र भवनमा मिरा बायोटेकको अत्याधुनिक प्लान्ट स्थापना गरिएको छ । यसले औषधि व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको छ ।

ईयूबीले मीरा बायोटेकलाई विश्व स्वास्थ्य संगठन कुशल उत्पादन प्रक्रिया (डब्लुएचओ जीएमपी) प्लान्ट डिजाइन, उत्पादन, र जीएमपी अनुसार प्रमाणीकरणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । इयूबी सँगको आबद्धताले गर्दा, मीराले आफ्नो उत्पादनका अधिकांश उपकरणहरु दक्षिण कोरियाबाट खरिद गरेको छ ।

नेपालको औषधि उद्योगमा विशेष पहिचान बोकेको यस कम्पनीले कोरियन कम्पनीसँगको साझोदारीमा अफ्रीकन मुलुकहरुमा समेत औषधि निर्यातको प्रयास गरिरहेको छ । यस कम्पनीमा प्राईभेट ईक्विटी संस्था विजनेस अक्सिजनले समेत ठूलो लगानी गरिसकेको छ ।

हालसम्म नेपालको शेयर बजारमा औषधिजन्य उद्योग एउटा पनि सूचीकृत छैन । दुईवटा फर्मास्यूटिकल्स कम्पनीहरु आईपिओ प्रक्रियामा रहेका छन् ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।