टान अध्यक्षमा पाण्डे निर्वाचित

Sep 04, 2024 04:24 PM Merolagani



ट्रेकिङ व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) अध्यक्षमा सागर पाण्डे विजयी भएका छन्।

टानको ४६औं वार्षिक साधारणसभा तथा निर्वाचनमा उनले अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटालाई पराजित गरेका हुन । पाण्डे नेकपा माओवादी केन्द्र निकट मानिन्छ । गोरखाका नवनिर्वाचित अध्यक्ष पाण्डे तीन दशकदेखि नेपालको पर्वतीय पर्यटन व्यवसायमा आबद्ध छन्। उनी हिमालयन ग्लासियर ट्रेकिङ कम्पनीको संस्थापक हुन्।

यस्तै, वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्। सचिवमा रिञ्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए।

महिला सदस्यमा पवित्रा तामाङ, सदस्यमा अम्बिरबहादुर गुरुङ, विनोदकुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ निर्वाचित भएको टानले जनाएको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।