मोलुङ्ग हाइड्रोपावरले बोलायो साधारण सभा

Sep 05, 2024 08:45 AM Merolagani



मोलुङ्ग हाइड्रोपावर कम्पनी (MHCL) ले असोज १८ गते, शुक्रबार, बाघभैरव ब्याङक्वेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौँमा १४ औँ र १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले प्रबन्धपत्रको दफा ६ को घ, ङ, च, छ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालन समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिलासहित २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने र गत दुई आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।