मेरोलगानीको एक दिने प्राविधिक विश्लेषण तालिम लिने हैन त? यसरी हुनुहोस् सहभागी

Sep 07, 2024 06:12 AM Merolagani



बजारमा भएको हल्ला सुनेर जोखमपूर्ण लगानी गर्नु भन्दा एक दिनमा प्राविधिक विश्लेषणको केही ज्ञान लिएर लगानीको जोखिम न्यूनिकरण गर्न चाहनुहुन्छ भने मेरोलगानीले पुनः एक मौका ल्याएको छ।

अर्थात मेरोलगानीले पुनः एक पटक एक दिने प्राविधिक विश्लेषण तालिमको आयोजना गर्ने भएको छ।

मेरोलगानीले असोज ५ गते शनिबार, आफ्नो कार्यालय, त्रिपुरेश्वरमा, काठमाडौँमा एक दिने प्राविधिक विश्लेषणको तालिम आयोजना गर्न लागेको हो। सो तालिम बिहान ८ बजे शुरु हुनेछ। लामो समयदेखि नेपाली शेयर बजारमा प्राविधिक विश्लेषण गरी अनुभव बटुलेका सन्तोषसिंह लिङ्देनले तालिम दिनेछन्। दिउँसो २ बजेसम्म हुने सो तालिममा खानाको पनि व्यवस्था गरिएको छ।

१५ जना मात्र सहभागिता रहने भएकोले तपाईले सो तालिम छुटाउन चाहनुहुन्न भने छिटोभन्दा छिटो मेरोलगानी कार्यालयमा सम्पर्क गरी आफनो नाम रजिष्टर गराउनुपर्नेछ। अथवा तपाईले यहाँ क्लिक गरेर पनि आफ्नो सीट सुरक्षित गर्न सक्नुहुन्छ।

५ हजार रुपैयाँमा आफ्नो सीट सुरक्षित गर्न सकिने सो तालिममा सहभागीहरुले एक महिनाको लागि टेक्नीकल न्युजलेटर र अनलाइन स्टक ट्रेनिङ्ग सेवा पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। तालिममा शेयर बजारमा लगानी गर्नको लागि प्राविधिक रुपमा कसरी योजना बनाउने भन्ने विषयमा विस्तृत रुपमा छलफल समेत हुनेछ।

 



८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।