कृषि विकास बैंकद्धारा संचालित संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

Sep 10, 2024 03:52 PM Merolagani



कृषि विकास बैंक(ADBL)ले तनहुँको भानु नगरपालिका-८, देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयका छात्राहरुका लागि स्यानीटरी प्याड तथा सोको भेण्डिङ्ग मेशिन लगायत विविध शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।

काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरुको 'परिवर्तन' नामक सोसल एक्सपेरियन्स प्रोजेक्टले कृषि बिकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोगबाट उक्त सामग्रीहरु वितरण गरिएको हो । 

काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा बिबिए अध्ययनरत उन्नती जोशी, समिक्षा घिमिरे, रोजिका थापा र आर्जु जोन्छेको सकृयतामा उक्त विद्यालयका छात्राहरुका निम्ति सो सहयोग गरिएको हो । महिनाबारी अझै पनि लज्जाको विषयसँग जोडिन्छ र विशेष गरी ग्रामीण क्षेत्रका छात्राहरु महिनाबारी भएपछि ४/५ दिनसम्म विद्यालय नजाने गर्दछन् । यस्तो अवस्थामा छात्राहरुको निम्ती महिनावारी व्यवस्थापन गर्दै पठनपाठनमा सहजताका लागि स्यानीटरी प्याड अति आवश्यक रहेको विद्यालयका छात्राहरुले बताए । महिनाबारीको बेला सहजतापूर्वक विद्यालय आवत जावत गर्न पर्याप्त स्यानीटरी प्याड हुनु अझै पनि नेपालका अधिकांश ग्रामीण क्षेत्रका छात्राहरुको लागि सपना जस्तै हो । यसैलाई मध्यनजर गर्दै कम्तिमा पनि उक्त विद्यालयमा सो समस्याबाट अलिकति भएपनि राहत पुगोस् भन्ने ध्येयले सो सहयोग गरिएको 'परिवर्तन' का टिम सदस्यहरुले बताए । नेपाल सरकारले सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानीटरी प्याड दिने घोषणा गरे पनि अझैसम्म कैयौं विद्यालयमा प्याड पुगेको छैन । यस्तो अवस्थामा छात्राहरुलाई विभिन्न बहाना बनाएर घरमै बस्नुपर्ने बाध्यता रहेकोमा अब महिनाबारी भएको बेला समेत छात्राहरु नियमित विद्यालय जाने उनीहरुको भनाइ छ ।  

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भानु-८ का वडाध्यक्ष ईश्वर बहादुर घिमिरे, निमित्त प्रधानाध्यापक आस बहादुर घिमिरे, कृषि बिकास बैंक डुम्रे शाखाका प्रबन्धक अरुण पौड्याल, सहायक राम चन्द्र बास्तोला, विद्यालयका शिक्षकहरु, अभिभावकहरु, शिक्षाप्रेमी तथा समाजसेवी व्यक्तिहरुको सहभागिता रहेको थियो । 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।