दसैं तिहारका लागि ६० भन्दा धेरै स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने

Sep 10, 2024 05:35 PM Merolagani



दसैं तिहारका लागि सुपथ मूल्य पसल असोज ७ गतेबाट खुल्ने भएकाे छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्न बोर्डमा प्रस्ताव गरेको हाे । 

चाडपर्वकाे समयमा उपभोक्ताका लागि दैनिक उपभोग्य सामान सहज र सुपथ मूल्यमा उपलब्ध गराउन सुपथ मूख्य पसल सञ्चालन गरिने भएकाे हाे।

खाद्य कम्पनीले ६० भन्दा धेरै स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएकाे छ । जसमध्ये काठमाडौंमा १० र बिक्री केन्द्रबाट १० स्थानमा गरी कुल २० ठाउँमा सुपथ मूल्य सञ्चालन गरिने भएकाे छ । 

साल्ट ट्रेडिङ कर्पाेरेसनले डेलिभरी भ्यानमार्फत समेत सेवा दिने तयारी गरेको छ । यद्धपी अहिलेसम्म कुन सामाग्रीमा कति छुट दिने भन्ने निर्णय गरिएकाे छैन ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।