यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM Merolagani



एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।

कार्यालयले शुक्रबार जारी गरेको सूचना अनुसार हाल कार्यालयका १२ वटा कोठाबाट लाइसेन्स वितरणको काम भइरहेको छ । सेवाग्राहीलाई सहज होस् भनेर कार्यालयले अनलाइनबाटै आफ्नो लाइसेन्स कुन कोठाबाट वितरण भइरहेको छ भनेर हेर्न सकिने व्यवस्था पनि मिलाएको छ ।

आफ्नो लाइसेन्स रहेको कोठा नम्बर थाहा पाउनका लागि सेवाग्राहीले कार्यालयको आधिकारिक वेबसाइट printekantakuna.bagamati.gov.np मा गएर Check अप्सनमा क्लिक गरी बुझिलिने व्यक्तिको विवरण प्रविष्ट गर्नुपर्ने हुन्छ ।

वेबसाइटमा विवरण राखेपछि देखाइएको कोठा नम्बरमा उपस्थित भएर सेवाग्राहीले आफ्नो RECEIVED ID र सक्कल रसिद देखाएपछि मात्र आफ्नो लाइसेन्स प्राप्त गर्न सक्ने कार्यालयले स्पष्ट पारेको छ ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।