सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण स्थगित

Sep 11, 2024 11:00 AM Merolagani



सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण स्थगित भएको छ। भदौ २५ गते प्राप्त भएको नेपाल धितोपत्र बोर्डको पत्रपश्चात प्रतिफल वितरण कार्य स्थगित भएको हो।

फण्डले इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले आज (भदौ २६ गते) बुकक्लोज गर्ने निर्णय गरेको थियो। तर, बोर्डको निर्देशन बमोजिम हाललाई प्रतिफल वितरण कार्य स्थगित गरिएको फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले जानकारी दिएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।