एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतका बन्दमुखी योजनाहरुको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 12, 2024 06:25 AM Merolagani



एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित चार बन्दमुखी योजनाहरुको प्रतिफल सुरक्षित गर्ने आज (भदौ २७ गते) बिहीबार अन्तिम दिन रहेको छ।

प्रतिफल वितरण प्रयोजनार्थ एनआईसी एशिया सेलेक्ट ३० (NICSF), एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) र एनआईसी एशिया ब्यालेन्स्ड् फण्डले भोली अर्थात भदौ २८ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्दैछन्। यस अनुसार आज गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया सेलेक्ट ३० फण्डले कर सहित १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड (NICFC) ले १०.५० प्रतिशत (कर सहित) एनआईसी एशिया ग्रोथ फण्डले कर सहित ९.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड (NICBF) ले ९.२५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।