क्रिकेटर सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

Sep 12, 2024 06:49 PM Merolagani



पछिल्लाे समय निकै चर्चा पाएकाे क्रिकेटर सन्दीप लामिछानेकाे अमेरिकाको भिसाका विषयले निचाेड पाएकाे छ । क्रिकेटर लामिछानेले अमेरिकाकाे भिसा पाएसँगै उनका शुभचिन्तकहरू खुशी भएका छन् । नेपालस्थित अमेरिकी दुतावासले केही दिन अगाडि नै उनलाई भिसा दिएकाे हाे ।

आइसीसी विश्वकप लिग २ खेल्नका लागि अमेरिका जाने क्रिकेट टाेलीमा लामिछाने पर्ने वा नपर्ने भन्दै उनका फ्यानहरू चिन्तित थिए । तर पछिल्लाे खबर अनुसार सबै खेलाडीहरुलाई अमेरिकी दूतावासले एकमुष्ट भिसा दिएको हो ।

यसअघि नै, मंगलबार राति नै सन्दीपसँगै नेपाली क्रिकेट टोली उक्त त्रिकोणात्मक सिरिजका लागि क्यानडा उडिसकेको छ । 

क्यानडा उड्नुअघि नेपाली क्रिकेट टाेलीलाई विदाइ गर्दै क्रिकेट संघका सचिव पारस खड्काले सन्दीपको भिसाका बारेमा सकरात्मक रहेकाे बताएका थिए । यद्धपि उनले लामिछानेकाे भिसा लागेको कुरा भने खुलाएका थिएनन् । खड्काले लामिछानेको केस क्लोज भइसकेकाले यो विषय सकिएकाे दाबी गरेका थिए । खड्काले उनीहरू सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्नेमा जाेड दिएका थिए ।

नेपाली टोलीका लेगस्पीनर लामिछानेले अहिलको सिरिज निकै महत्वपूर्ण भएकाले राम्रो खेल देखाउने र नेपालको एकदिवसीय खेलमा करिब एक वर्षपछि फर्कने मौका पाएको भन्दै यसको सदूपयोग गर्ने बताएका थिए ।

यसअघि,  गत जुन-जुलाईमा अमेरिकाले अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको टि–ट्वान्टी विश्वकप खेल्न सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । अमेरिकी दूतावासले दुई पटक अन्तरवार्ता लिएर पनि उनकाे भिसा अस्वीकार गरेको थियो । लमिछानेले वेस्ट इन्डिजमा भएका खेलहरूमा भने प्रतिनिधित्व गरेका थिए । सन्दीप करिब एक वर्षपछि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदैछन् ।

क्रिकेट टाेली आज नै विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । नेपालले क्यानडापछि अमेरिकामा विश्वकप लिग-२ को शृङ्खला खेल्ने भएकाे छ । 

लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने टोली दुई महिना देश बाहिर रहने छन् । क्यानडामा एकदिवसीय म्याच सकिएपछि टि ट्वान्टी सिरिज हुनेछ । 




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।