केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने

Sep 13, 2024 04:13 PM Merolagani



नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले 'Experience Kaiyi' टेष्ट ड्राइभ कार्यक्रम यही भदाै २९ र ३० गते आयोजना गर्ने भएको छ । 

भदाै २९ गते, केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट-भटेनी नक्शालमा गई केईको इलेक्ट्रीक एसयूभ X3 Pro EV, इलेक्ट्रीक ह्याचब्याक E-Qute 04 र E-Qute 02 टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ र सहभागीहरुमध्ये एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड Bosch को mixer grinder  प्राप्त गर्नेछन्।

इच्छुकले केई को शोरुम गई यस योजनामा सहभागी भइ टेस्ट-ड्राइभ गर्न सकिनेछ र यस कार्यक्रमको वृस्तृत जानकारीको लागि ९८०१२०११०३ मा सम्पर्क गर्नु सक्नेछन् ।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो जुन नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरिएको थियो। तत्पश्चात् कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ। हालै मात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस, काठमाडौंस्थित तीनकुनेमा सञ्चालनमा ल्याएको छ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।