लाभांशकाे सिजनमा पनि किन बढेन बजार?

Sep 15, 2024 06:11 PM Merolagani



तीन हजार वरपरको विन्दुमा पुगेकाे बजार त्यसपछि भने निरन्तर करेक्सनकाे गतिमा छ । करिव एक महिनादेखि निरन्तर रुपमा बजार करेक्सन भएको हो ।

गत बिहीबार बजार पुनः बढ्ने सुरसार गरेको भएता पनि आज भने त्यसलाई निरन्तरता दिन सकेन । बढ्ने अनुमान गरिएको बजार पुनः घटेको छ । कारोबार सुरु हुँदा बढ्ने प्रयास गरेको बजारमा बिक्री चाप बढी देखिएका कारण उठ्न नसकेको हो ।

गत आर्थिक वर्षमा कम्पनीहरुले गरेको नाफाबाट लाभांश वितरण गर्ने सिजन सुरु भएको छ । अर्काेतिर बैंकको ब्याजदर अझै घट्ने अनुमान गरिएको छ ।

त्यसैगरी, बैंकमा भएकाे लगानीयाेग्य रकम परिचालित हुन सकेको छैन । यति हुँदा हुँदै पनि बजारले सकारात्मक गति समाउन सकेकाे छैन् । संस्थागत र ठूला लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा बस्दा बजारले गति लिन नसकेको लगानीकर्ताको अनुमान छ ।

 

 




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।