राष्ट्रिय बाल दिवसमा लक्ष्मी सनराइज बैंकले दियाे २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

Sep 15, 2024 08:04 PM Merolagani



राष्ट्रिय बाल दिवस २०८१मा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंक(LSL)को सौजन्यमा काठमाण्डौ उपत्यकाका तीनैवटा जिल्लाहरुमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेकाे छ । उक्त कार्यक्रम अन्तर्गत काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको थियो ।

तालिम प्रदान गरिएका विद्यालयहरु (क्रमशः) गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाण्डौ, सिद्धि मंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए । तालिम गत २०८१काे भदाै २५देखी भदाै २८ सम्म संचालन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधान अध्यापकहरु, सहायक प्रधान अध्यापकहरु, शिक्षकहरु लगायत लक्ष्मी सनराइज बैंकका शाखा प्रमुखहरुको उपस्थितीमा उक्त तालिम संचालन गरिएको थियो।

गान्धी आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गया प्रसाद उपाध्यायले यस्ता सुरक्षा सम्बन्धी ज्ञानवर्दक सिकाईलाई विद्यालय पाठ्यक्रममा समावेश गराइए यस्को प्रभावकारिता अझ बढ्ने बताए । यसैगरी सिद्धि मंगल माध्यमिक विद्यालय ललितपुरका प्रधान अध्यापक मीन बहादुर अछामीले उक्त तालिमबाट सिकेका सीपहरु शिक्षकमार्फत अन्य विद्यार्थीहरुलाई सिकाईने जानकारी दिए। साथै, उनले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी दिनहरुमा समेत तालिम प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे । यस प्रकारको प्रशिक्षण सबैलाई आवश्यक रहेको र विद्यार्थी लगायत शिक्षकहरुलाई समेत दिन सके यसले संरक्षित बातावरणमा पठन पाठनमा सहयोग पुर्याउने कुरा गान्धी आदर्श माध्यमिक विद्यालयको कक्षा ११ र १२ कक्षाकी संयोजक बन्दना घिमिरेको भनाई रहेको थियो । यस प्रकारका प्रशिक्षणहरु अत्यन्त आवश्यक रहेकाले निरन्तरताकालागि आदर्श माध्यमिक विद्यालयका प्रधान अध्यापक राम बाबु रेग्मीले आग्रह गरेका थिए ।

उक्त तालिमका प्रमुख प्रशिक्षक किडपावर अन्तरराष्ट्रियका नेपालका लागि निर्देशक अधिवक्ता सुषमा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्ण प्रसाद खनालले गरेका थिए । कार्यक्रममा किडपावर नेपालका प्रतिनिधि सुनिता पोखरेलको समेत उपस्थिति रहेको थियो । सुष्मा पोखरेलका अनुसार दिनप्रतिदिन सुरक्षा सम्बन्धी समस्याहरु बढ्दै गइरहेको जटिल अवस्थामा सुरक्षा र आत्मरक्षाका सीपहरु सबैलाई अत्यावश्यक रहेको र किडपावर नेपालले देशैभरी यसलाई विस्तार गर्ने बताए । प्रशिक्षणका क्रममा सहभागी किशोरीहरुले शुरक्षाका विभिन्न समस्याहरु बताएका थिए भने प्रयोगात्मक सिकाई बढी लाभदायक भएको जानकारी गराएका थिए ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।