नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दाहाल नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैंकको नियमावली बमोजिम बैंक संचालक समितिको १४९औं बैठकको निर्णयले मिति २०८१ भाद्र २८ गतेदेखि लागु हुनेगरी चार बर्षे कार्यकालको लागि उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।