करिब २ महिनापछि २६०० विन्दुभन्दा तल बन्द भयो नेप्से

Sep 16, 2024 03:18 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर २६०० विन्दुभन्दा तल बन्द भएको छ। नेप्से परिसूचक करिब २ महिनापछि २६०० विन्दुभन्दा तल झरेको हो।

यस अघि साउन १० गते नेप्से २६०० विन्दुभन्दा तल बन्द भएको थियो। योपश्चात यसै दिन नेप्से २६०० विन्दुभन्दा तल बन्द भएको हो।

सोमबार नेप्से परिसूचक ५७.०३ अंक घटेर २५८०.७६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०५ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १० अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ९२ हजार ८१५ पटकको कारोबारमा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ७० लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन जनउत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने रावा इनर्जी डेभलपमेन्ट र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको गुडविल फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ९.९१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको करिा साढे २७ करोडको शेयर किनबेच भएको छ भने नेपाल फाइनान्सको करिब २१ करोडको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.६६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, जीव्न बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।