“माईपे मेला: चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक

Sep 17, 2024 05:59 PM Merolagani



डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडा दशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला: चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ।

युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ । असोज १ गतेदेखि मंसिर ३०सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सक्नेछन् ।

माईपबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नेछन् । मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सकिनेछ । त्यसैगरी, साप्ताहिक पुरस्कारमा हरेक हप्ता इयरबड्स(Earbuds), स्मार्ट वाच (Smart watch), एनालग वाच (Analog watch), चाँदीको औंठी र १० हजार रूपैयाँ बराबरको ब्यूटी प्राेडक्ट र धेरै गिफ्ट भाउचर वा डिस्काउण्ट भाउचरहरु जित्न सकिनेछ ।

यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई ७५ लाख रूपैयाँ बराबरको डिस्काउण्ट वा क्यासब्याक भौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १०० प्रतिशत नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।

ग्राहकहरुले यस अफर सम्बन्धी थप जानकारीका लागि माईपेको सामाजिक सञ्जाल तथा वेबसाइटमा हेर्न सक्ने कम्पनीकाे भनाइ छ  ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।