सानिमा रिलायन्सले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

Sep 18, 2024 11:05 AM Merolagani



सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स (SRLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण समा डाकेको छ।

इन्स्योरेन्सले असोज २३ गते, बुधबार, अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानश्वर, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १८.३८११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा गरिएको नियुक्ती अनुमोन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। इन्स्योरेन्सको बोनस प्राप्त गर्न शेयरधनीहरुले कर बापतको रकम जम्मा गर्नुपर्नेछ। कर रकम जम्मा भएपछि मात्र इन्स्योरेन्सको बोनस शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिने इन्स्योरेन्सले जनाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असोज ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।