प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुकक्लोज मिति तय

Sep 22, 2024 10:02 AM Merolagani



प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड (PSF) र प्रभु स्मार्ट फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन्।

यी दुई फण्डहरुले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रभु सेलेक्ट फण्डले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फण्ड (PRSF) ले कर सहित ८.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ ३१ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।