यसको बेस भेरियन्टको प्रारम्भिक मूल्य एक लाख ३५ हजार ९८४ रूपैयाँ अथवा ८४ हजार ९९० भारतीय रूपैयाँ (एक्स शोरुम) तोकिएको छ।
भारतमा बिक्री हुने सबै दुई पाङ्ग्रे सवारी साधनमध्ये ७० प्रतिशत मोटरसाइकल रहेकाे छ । यात्रु क्षेत्रमा माेटरसाइकल वार्षिक रूपमा ८० लाख युनिटभन्दा बढी सवारीसाधन बेचिन्छन्। यस्तो अवस्थामा रिभोल्ट मोटर्सले आरभी१का साथमा ठूलो सेग्मेन्टमा प्रवेश गरेको छ ।
रिभोल्टको पोर्टफोलियोमा यो सबैभन्दा सस्तो बाइक हो । कम्पनीले भारतमा यसकाे आधिकारिक बुकिङ पनि सुरु गरिसकेको छ । ग्राहकले यसलाई कम्पनीको आधिकारिक वेबसाइट र आधिकारिक डिलरसिपबाट मात्र ४९९ भारतीय रूपैयाँमा बुक गर्न सक्नेछन् ।
आरभी१ले यसको प्रिमियम भेरियन्ट आरभी१+ सँग चार रङहरूमा उपलब्ध छ । आरभी१काे सुरूवाती मूल्य ८४ हजार ९९० भारतीय रूपैयाँ र आरभी१+को मूल्य ९९ हजार ९९० भारू ताेकिएकाे छ।
खासगरी, दुबै भेरियन्टहरू आरभी श्रृंखलामा आधारित छन् र तिनीहरूको लुक र डिजाइनमा थोरै भिन्नता छ। तर तिनीहरूको ब्याट्री प्याक र रेंजमा ठूलो भिन्नता छ।
लुक र डिजाइन:
यो बाइकको लुक र डिजाइन कम्पनीको अघिल्लो आरभी३०० मोडलसँग मिल्दोजुल्दो छ । यद्यपि, यसमा गोल आकारको एलईडी हेडलाइट छ। यसबाहेक, इन्डिकेटर र लाइसेन्स प्लेटमा पनि एलईडीको प्रयोग गरिएको छ । चौडा टायर, डुअल डिस्क ब्रेक, पोर्टेबल वाटर प्रुफ ब्याट्री, एलसीडी डिस्प्ले, रिभर्स मोडले यस बाइकलाई अझ राम्रो बनाएको कम्पनीकाे दावी छ ।
ब्याट्री-प्याक र ड्राइभिङ रेंज
कम्पनीले बेस मोडल अर्थात् आरभी १ मा २.२ किलोवाट क्षमताको ब्याट्री प्याक दिएको छ । यसैगरी, आरभी १+ मा ३.२४ किलाेवाटको ब्याट्री प्याक छ। यसको सानो ब्याट्री प्याकले एक पटक चार्जमा १०० किलोमिटरको ड्राइभिङ रेंज दिन्छ । साथै, ठूलो ब्याट्री प्याकले एक पटक चार्ज गर्दा १६० किलोमिटरको ड्राइभिङ रेंज प्रदान गर्छ। यो बाइकलाई अधिकतम २५० केजीसम्म बोक्न सक्ने बलियो फ्रेममा निर्माण गरिएको कम्पनीले जनाएको छ ।
चार्ज र टप स्पीड:
दुबै बाइकको टप स्पीड ७० किमी प्रतिघण्टा छ । यद्यपि, आरभी१काे ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब सवा २ घण्टा लाग्नेछ। त्यस्तै, आरभी१+ को ब्याट्री साढे ३ घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। आरभी१ को तौल १०८ केजी छ भने आरभी१ प्लसको तौल ११० केजी रहेको कम्पनीले दुवै बाइकमा २४० एमएम डिस्क ब्रेक दिएको छ ।
सस्पेंशन
रिभोल्ट आरभी सिरिजमा कम्पनीले अगाडिमा टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियरमा मोनोसक सस्पेन्सन दिएको छ । यसको सिटको उचाइ ७९० एमएम छ । यसको अर्थ यो बाइक औसत उचाइ भएका मानिसका लागि पनि निकै राम्रो छ । यसमा १,३५० एमएमको ह्वीलबेस छ। यसबाहेक सिंगल पीस लामो सिटमा दुई जना सजिलै बस्न सक्छन्।
वारेन्टी:
रिभोल्ट मोटर्सले यो बाइकमा ५ वर्ष वा ७५,००० किलोमिटरको वारेन्टी दिएको छ । यसबाहेक, चार्जरमा २ वर्षको वारेन्टी पनि दिइएको छ । यो बाइकको ब्याट्रीलाई नियमित घरायसी सकेटमा जडान गरेर चार्ज गर्न सकिन्छ।
एजेन्सी ।