सीजी मोटर्सद्वारा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक भ्यानका ग्राहकका लागि सर्भिस क्याम्पको आयोजना

Sep 24, 2024 04:14 PM Merolagani



सीजी मोटर्सले सर्भिस क्याम्पको आयोजना गरेको छ । नेपाली बजारमा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सीजी मोटर्सले असाेज ६ गतेबाट असाेज ११ गते सम्म सर्भिस क्याम्पको आयोजना गरेको हो ।

ग्राहकहरुको आवश्यकता र सहजतालाई लक्षित गर्दै सीजी मोटर्सको आधिकारिक डिलर, फ्युचर मोटर्स भक्तपुरले याे सर्भिस क्याम्पको गरेकाे हाे ।

उक्त सेवा उपभाेक्ताहरुले बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म चारदोबाटो, भक्तपुरस्थित फ्युचर मोटर्सबाट लिन पाउनेछन्। निःशुल्क सर्भिस क्याम्पमा उपभाेक्ताहरुले स्पेयर पार्ट्समा १२ प्रतिशत छुट, गियर आयलमा १२ प्रतिशत छुट र वाशिङ्गमा ५० प्रतिशत छुट पाउन सक्नेछन्।

सीजी मोटर्सकाे देशभरमा बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, बीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायत काठमाडौँको हात्तीवन सहित गर कुल १७ सेवा केन्द्रहरू रहेका छन् ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।