सीजी मोटर्सद्वारा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक भ्यानका ग्राहकका लागि सर्भिस क्याम्पको आयोजना

Sep 24, 2024 04:14 PM Merolagani



सीजी मोटर्सले सर्भिस क्याम्पको आयोजना गरेको छ । नेपाली बजारमा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सीजी मोटर्सले असाेज ६ गतेबाट असाेज ११ गते सम्म सर्भिस क्याम्पको आयोजना गरेको हो ।

ग्राहकहरुको आवश्यकता र सहजतालाई लक्षित गर्दै सीजी मोटर्सको आधिकारिक डिलर, फ्युचर मोटर्स भक्तपुरले याे सर्भिस क्याम्पको गरेकाे हाे ।

उक्त सेवा उपभाेक्ताहरुले बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म चारदोबाटो, भक्तपुरस्थित फ्युचर मोटर्सबाट लिन पाउनेछन्। निःशुल्क सर्भिस क्याम्पमा उपभाेक्ताहरुले स्पेयर पार्ट्समा १२ प्रतिशत छुट, गियर आयलमा १२ प्रतिशत छुट र वाशिङ्गमा ५० प्रतिशत छुट पाउन सक्नेछन्।

सीजी मोटर्सकाे देशभरमा बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, बीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायत काठमाडौँको हात्तीवन सहित गर कुल १७ सेवा केन्द्रहरू रहेका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।