हालैको बाढीपहिरो तथा भारी वर्षाबाट भएको क्षतिलाई मध्यनजर गर्दै आवश्यकताका आधारमा मात्र नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दहालका अनुसार नियमित सटही काउन्टरबाट सर्वसाधारणलाई आवश्यकताअनुसार नयाँ तथा सुकिला नोट उपलब्ध गराइनेछ। बैंक तथा वित्तीय संस्थामार्फत पनि ग्राहकलाई नोट वितरण भइरहेको उनले बताए।
दशैंमा विगतको प्रवृत्तिका आधारमा यस वर्ष करिब १० देखि १५ अर्ब रुपैयाँ बराबरका साना दरका नोट बजारमा जाने राष्ट्र बैंकको अनुमान छ। दशैंमा मुख्यतः ५, १०, २०, ५० र १०० रुपैयाँका नोट सटही हुने गर्छन्।