प्रभु क्यापिटलका दुई फण्डहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 29, 2024 09:43 AM Merolagani



प्रभु क्यापिटलको योजना व्यवस्थापनमा प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ म्युचुअल फण्डहरुको प्रतिफल सुरक्षित गर्ने आज (असोज १३ गते) आइतबार अन्तिम दिन रहेको छ।

प्रभु सेलेक्ट फण्ड (PSF) र प्रभु स्मार्ट फण्डले नगद लाभांश वितरण गर्न भोली अर्थात असोज १४ गते, सोमबार बुक क्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रभु सेलेक्ट फण्डले इकाईधनीहरुलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फण्ड (PRSF) ले कर सहित ८.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।