सडक मार्ग ठप्प भएपछि हवाई रुटमा चाप, टिकट पाउनै मुस्किल

Sep 29, 2024 02:01 PM Merolagani



दुई दिनदेखिको अविरल वर्षाका कारण सडक मार्ग ठप्प हुँदा हवाई रुटमा यात्रुको चाप देखिएको छ । गत बिहीबारदेखि निरन्तर परेको पानी शनिबार दिउँसोदेखि मात्रै केही मत्थर भएको थियो ।

निरन्तरको वर्षातले खोला नजिकैको वस्तीहरु सबै डुबानमा परेका छन् भने काठमाडौं छिर्ने राजमार्ग पहिरोका कारण बन्द अवस्थामा छन् । त्यस्तो अवस्थामा हवाई यात्रुको चाप अकस्मात बढ्न गएको हो । हवाई उडानमा यात्रुको चाप बढ्दा अहिले हवाई भाडा दर समेत महंगो बनाउन थालिएको छ । अनलाइनमा सर्च गर्दा अहिले काठमाडौं विराटनगरको हवाई भाडा यति एयरलाइन्समा ९ हजार ९ सय रुपैयाँ देखिएको छ भने आजकै फ्लाइट खोज्दा पनि पाउन नसकिने अवस्था रहेको एक एयरलाइन्सका कर्मचारीले मेरो लगानीलाई बताए ।

शनिबार बेलुकीबाट मौसममा सुधार देखिएको छ । आइतबार बिहानैदेखि वायुसेवा कम्पनीहरुले नियमित उडान गरेका छन् । बिहीबार बेलुकीदेखि शनिबारसम्म लगातार भएको वर्षातका कारण धेरै उडान क्यान्सिल भएका थिए । उडान क्यान्सियल हुँदा नयाँ यात्रुले उडानको टिकट पाउन सकेका छैनन् । प्रायः सडक मार्गबाट जान खोज्ने यात्रु पनि सडक मार्ग ठप्प हुँदा हवाई रुटबाट जान खोजेपछि हवाई मार्ग समेत व्यस्त भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले समेत उडान संख्या बढाएका छन् । साधारणतया अन्तर्राष्ट्रिय उडान हुँदा सम्म आन्तरिक उडानले प्राथमिकता पाउँदैन । यसले विमानस्थलमा उडानको व्यवस्थापन मिलाउन हम्मे हम्मे परेको छ । सडकको अवस्था अत्यन्तै नाजुक रहेका कारण केही दिन अझै हवाई मार्गमा चाप पर्ने बताइन्छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।