प्राकृतिक विपत्तीमा पनि वायु सेवा कम्पनीले बढी भाडा लिएकाे भनि आलाेचना भएपछि ३ दिन नियमित भाडामै उडान गर्ने निर्णय

Sep 29, 2024 05:05 PM Merolagani



प्राकृतिक विपत्तीलाई ध्यानमा राख्दै आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले अबका ३ दिन नियमित भाडामै उडान गर्ने भएका छन्। वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सहरुले नियमित भाडामै जहाज उडान गर्ने सहमति गरेको जनाएका छन् ।


आइतबार एयरलाइन्सले सरकारले नै निर्धारण गरेको अधिकतम मूल्य राखेर उडान गरेपछि चौतर्फी विरोध भएको थियो। बाढीपहिरोको कारण सडक यातायात पूर्ण रुपमा अबरुद्ध भइरहेको बेला एयरलाइन्सले महँगो शुल्क लिएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले छलफलमा बोलाएको थियो। छलफलमा अबका तीन दिन नियमित भाडामै उडान गर्ने सहमति भएको हो।

यस्तै वायुसेवा सञ्चालकहरुले नेपाल आयल निगमले बेच्दै आएको हवाई इन्धनमा अधिक नाफा लिइरहेकोले तत्कालका लागि मूल्य घटाउन समेत प्रस्ताव गरेका छन्। यस्तै तीनदिनसम्म प्राधिकरणले एयरलाइन्सहरुलाई विमानस्थल प्रयोगबापत लिने शुल्कमा समेत छुट दिन वायुसेवा कम्पनीहरुले प्रस्ताव राखेका छन्।





हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।