प्राकृतिक विपत्तीमा पनि वायु सेवा कम्पनीले बढी भाडा लिएकाे भनि आलाेचना भएपछि ३ दिन नियमित भाडामै उडान गर्ने निर्णय

Sep 29, 2024 05:05 PM Merolagani



प्राकृतिक विपत्तीलाई ध्यानमा राख्दै आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले अबका ३ दिन नियमित भाडामै उडान गर्ने भएका छन्। वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सहरुले नियमित भाडामै जहाज उडान गर्ने सहमति गरेको जनाएका छन् ।


आइतबार एयरलाइन्सले सरकारले नै निर्धारण गरेको अधिकतम मूल्य राखेर उडान गरेपछि चौतर्फी विरोध भएको थियो। बाढीपहिरोको कारण सडक यातायात पूर्ण रुपमा अबरुद्ध भइरहेको बेला एयरलाइन्सले महँगो शुल्क लिएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले छलफलमा बोलाएको थियो। छलफलमा अबका तीन दिन नियमित भाडामै उडान गर्ने सहमति भएको हो।

यस्तै वायुसेवा सञ्चालकहरुले नेपाल आयल निगमले बेच्दै आएको हवाई इन्धनमा अधिक नाफा लिइरहेकोले तत्कालका लागि मूल्य घटाउन समेत प्रस्ताव गरेका छन्। यस्तै तीनदिनसम्म प्राधिकरणले एयरलाइन्सहरुलाई विमानस्थल प्रयोगबापत लिने शुल्कमा समेत छुट दिन वायुसेवा कम्पनीहरुले प्रस्ताव राखेका छन्।





आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।