सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

Sep 30, 2024 10:56 AM Merolagani



सोमबार सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँ र चाँदीको तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । छापावाला सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।