सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

Sep 30, 2024 10:56 AM Merolagani



सोमबार सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँ र चाँदीको तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । छापावाला सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।