नेप्से बढ्नुलाई आफ्नो सरकारप्रति जनताले गरेको भरोसाको रुपमा लिएका प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै

Oct 01, 2024 12:29 PM Merolagani



नेप्से बढ्नुलाई आफ्नो सरकारप्रति जनताले गरेको भरोसाको रुपमा लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् । उनले दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आफूले सत्ता सम्हालेपछि बढिरहेको नेप्से परिसूचकलाई आफ्नो सरकारप्रति जनताले गरेको भरोसाको रुपमा व्याख्या गरेका थिए । ५० लाख बढी जनता संलग्न शेयर बजार नयाँ सरकार आएपछि नै उच्च अंकले बढ्नु आफ्नो सरकारप्रति जनताले देखाएको विश्वासको रुपमा उनले लिएका थिए । ‘अब शेयर बजार मात्र होइन, देशको सबै बजार चलायमान हुने छ,’ उनले भनेका थिए ।

तीन हजार पुगेको नेप्से अहिले करिव २५७० नजिक आइपुगेको छ । शेयर बजार उच्चतम विन्दुबाट करिव ४०० अंक तल ओर्लिएको समयमा गर्न लागेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले केही कुरा बोल्ने सम्भावना रहेको छ । तर, बाढी, पहिरो र डुवानका कारण आज पत्रकार सम्मेलनमा शेयर बजारको कुरा गर्ने हुन वा होइनन् त्यो भने अहिले नै भन्न सक्ने अवस्था छैन ।




comments powered by Disqus

ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM

सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।