मर्चेन्ट बैकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी

Oct 01, 2024 03:57 PM MeroLagani



नेपाल मर्चेन्ट बैंकर्स संघले रामेन्द्र रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हाे ।


नयाँ कार्यसमितिको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका मनिषनारायण जोशी, महासचिवमा गरीमा क्यापिटलका निर्मल भट्टराई, कोषाध्यक्षमा एनआईएमबी एस क्यापिटलका शिभान्तराज पाण्डे रहेका छन् भने सदस्यहरुमा सिद्धार्थ क्यापिटलको सन्दीप कार्की, कुमारी क्यापिटलका पुष्प शर्मा र नेपाल एसबीआई मर्चेन्ट बैकिङका लेखनाथ पोखरेल रहेका छन् ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।