शेयर बजारले दशैँअघि नै बढ्दो लय समाउन लागेकाे हो?

Oct 01, 2024 06:00 PM Merolagani



शेयर बजार पछिल्लो दुई दिनदेखि बढ्दो क्रममा देखिएको छ। मंगलबार पनि नेप्से सूचक ११४ अंक बढेर २६२३ विन्दुमा पुगेको छ।

मंगलबार शेयर बजारसँगै कारोबार रकम पनि बढेको छ। यसले गर्दा शेयर बजारले बढ्दो लय समाउन लागेको हो कि भन्ने आंकलन गर्न थालिएको छ। तर दशैँ नजिकिदै गरेको र असाेज मशान्तको दबाव समेत उत्तिकै रहेकोले सजग भने हुनुपर्ने लगानीकर्ताहरु बताउँछन्।

पछिल्लो एक महिनायता नै नेप्से सूचक करिब २० प्रतिशतले घटिसकेको थियो। ३००० विन्दु माथिसम्म पुगेको नेप्से घटेर २४५० भन्दा तल झरेको थियो। सुरुवातमा ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई दिने लिमिटमा कडाई गर्दा बजार घटेको विश्लेषण हुँदै आएको थियो भने पछिल्लो केहि समयदेखि भने चार्डपर्वको लागि बजारबाट पैसा निकल्नु पर्ने र असोज मशान्तको प्रेसरले पनि बजार दबावमा परेको थियो।

पछिल्लो समय बढेको बजारलाई कारोबार रकमले पनि साथ दिएमा भने बजारले बढ्दो गति समाउन सक्ने लगानीकर्ताहरु बताउँछन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।