अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँ भन्दा बढी क्षति

Oct 01, 2024 05:44 PM Merolagani



शुक्रबार र शनिबार परेकाे अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले क्षतिबारे प्रारम्भिक अनुमानको जानकारी दिएका हुन् ।

यसका साथै, २ दिनमा विपदमा परी २२४ जनाले ज्यान गएकाे छ भने २४ जना बेपत्ता भएका छन् । यस्तै, बाढी र पहिराेबाट १५८ जना घाइते भएका छन् ।

अर्यालका अनुसार बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड रूपैयाँ र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान रहेकाे छ । यसैगरी, उर्जातर्फ ४ अर्ब रूपैयाँ, सिँचाईतर्फ २ अर्ब रूपैयाँ र कृषि तथा पशुपक्षीतर्फ ६ अर्ब रूपैयाँको क्षति भएको उनले जानकारी दिएका छन् । तर कृषि बालीमा भएको क्षतिको विवरण हालसम्म यकिन गर्न नसकिएकाे भन्दै उनले एक महिनाभित्र तयार पारिने बताए ।

यसकासाथै, सरकारले खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने तथा राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने योजना बनाएकाे छ । त्यस्तै, सरकारले घरबारबिहीन भएका बाढी पहिराे पीडितहरुलाई  तोकेको स्थानमा अस्थायी आवास बनाउन पनि दिने भएकाे छ  ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।