निसान म्याग्नाइट फेसलिफ्ट भारतमा सार्वजनिक, यस्ता छन् फिचर, कति छ मूल्य?

Oct 05, 2024 11:01 AM Merolagani



जापानी कार निर्माता कम्पनी निसानले लामो प्रतिक्षापछि आफ्नो सबैभन्दा किफायती कम्प्याक्ट एसयूभी निसान म्याग्नाइट बिक्रीको लागि औपचारिक रूपमा भारतमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ म्याग्नाइटमा धेरै ठूला परिवर्तनहरू गरेको छ जसले यसलाई अघिल्लो मोडलको तुलनामा धेरै राम्रो बनाएको कम्पनीकाे दाबी छ।

यो कार पहिलेको तुलनामा अझै राम्रो सेफ्टी र कनेक्टिभिटी फिचरसहित सार्वजनिक गरिएको कम्पनीले जनाएकाे छ । आकर्षक लुक्स र शक्तिशाली इन्जिन रहेकाे यस एसयूभीको प्रारम्भिक मूल्य ५ लाख ९९ हजार  भारतीय रूपैयाँ (एक्स शोरुम) तोकिएको छ ।

नयाँ निसान म्याग्नाइट कस्तो छ?

निसान इन्डियाका अनुसार हालसम्म निसान म्याग्नाइटका १.५ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ । अब यसको फेसलिफ्ट मोडल अझ राम्रो अवतारमा प्रस्तुत गरिएको कम्पनीकाे भनाइ छ। नयाँ निसान म्याग्नाइटको लुक र डिजाइन धेरै हदसम्म पहिले जस्तै छ। तर, कम्पनीले यसमा केही कस्मेटिक अपडेटहरू दिएको छ जसले यसलाई अघिल्लो मोडलको तुलनामा फरक बनाएको छ ।

यसको फ्रन्ट ग्रिलमा क्रोमको धेरै प्रयोग भएकाे देखिन्छ जसलाई हेक्सागोनल आकार दिइएको छ। यसबाहेक, नयाँ डिजाइन गरिएको हेडलाइट र एल आकारको एलईडी डेटाइम रनिङ लाइटहरूले यसको फ्रन्टलाई नयाँ लुक दिएकाे छ। यस बाहेक, साइड प्रोफाइलमा नयाँ डिजाइनको अलॉय ह्वील पनि दिइएको छ ।

पावर र माइलेज

यो कारमा कम्पनीले १ लिटर टर्बो पेट्रोल इन्जिन प्रयोग गरेको छ जसले ७४ किलोवाटको पावर र ९५ एनएमको टर्क जेनेरेट गर्छ । यो कम्प्याक्ट एसयूभीको म्यानुअल ट्रान्समिसनले प्रतिलिटर २० किलाेमिटरसम्मको माइलेज दिन्छ र अटोमेटिक ट्रान्समिसनले प्रतिलिटर १७.४ किमीसम्मको माइलेज दिने कम्पनीको दाबी छ । यसको इन्जिनमा बेहर क्र्याङ्क शाफ्ट र मिरर बोर सिलिन्डर कोटिंग सहितको इलेक्ट्रिक टर्बो एक्चुएटर पाउन सकिनेछ।

यी सुविधाहरू उपलब्ध 

यसको क्याबिन पूर्णतया लेदरले सजाइएको छ। यात्रुले कारको केबिनमा लगभग सबै ठाउँमा छाला लगाउने प्रयास गरिएको कम्पनीले जनाएको छ । यसमा ठूलो साइजको इन्फोटेनमेन्ट सिस्टम, ७ इन्चको मल्टि फंक्शन डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, आकर्षक स्टेयरिङ ह्वील, मल्टी कलर एम्बियन्ट लाइटिङ जस्ता सुविधाहरू छन्।

राम्रो सुरक्षा :

यसमा ४० भन्दा बढी सेफ्टी फिचर्सलाई स्ट्यान्डर्डका रुपमा समावेश गरिएको कम्पनीको दाबी छ । यो एसयूभीमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, ३ पोइन्ट सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ सेन्सर जस्ता सुविधाहरू छन्।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।