इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता

Oct 06, 2024 04:43 PM Merolagani



स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता भएको छ ।

 

आईतवार काठमाडौंमा एक कार्यक्रमबीच इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच उर्जा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । कार्यक्रमपछि सम्झौताबारे जानकारी दिँदै इप्पानका महासचिव बलराम खतिवडाले क्यानडामा धेरै ड्यामहरु बनेको र नेपालले पनि २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै त्यसको लागि नेपालमा पनि ठूला ड्यामहरु बनाउन आवश्यक रहेकाले अनुभव लिनका लागि सम्झौता गरिएको बताए।

उनले नेपालमा ठूला ड्यामहरु बनाउन क्यानडाको प्रविधि र तालिम आवश्यक हुने भन्दै क्यानडा ड्याम एशोसिएशनसँग सहयोगको सम्झौता गरिएको बताए ।


उनले भने, ‘क्यानेडियन ड्याम एशोसिएशन र इप्पानबीच जुन हाम्रो एउटा कोलाब्रेशन भइरहेको छ । क्यानडामा धेरै ड्यामहरु बनेका छन् । राम्रो राम्रो कन्सलटेण्टहरु र यसमा धेरै अनुभव भएको संस्था हो । नेपालमा पनि अब हामीले २८ हजार ५ सय मेगावाट जुन लक्ष्य लिएर सरकार अघि बढिरहँदा यहाँ पनि ठूलाठूला ड्यामहरुको निर्माण गर्नुपर्ने हुन्छ । त्यसको लागि प्रविधि हस्तान्तरण र यहाँको टे«निङ लगायतका कामहरुमा प्राविधिक रुपमा सपोर्ट गर्नेगरी यो कार्यक्रम हामीले आयोजना गरेको हो । प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र उहाँहरुले गरेको अनुभव शेयर गर्ने, प्राविधिक पक्ष भिजिट गर्ने भएकाले यो आगामी दिनमा आवश्यक भएकाले गरेका हौँ । यो महत्वपूर्ण भएको छ । इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच आज सम्झौता भयो । प्रत्येक वर्ष क्यानडामा पनि यो कार्यक्रम हुन्छ, नेपालमा पनि हुन्छ । उहाँहरुले टे«निङ पनि दिने भन्नुभएको छ ।’

उनले जलविद्युतको क्षमता बिस्तारका लागि ठूला ड्यामहरुको आवश्यक पर्ने भन्दै नेपालले उनीहरुबाट धेरै अनुभव लिनसक्ने बताए ।




comments powered by Disqus

वाणिज्य बैंकहरुको खुद नाफा साढे २१ प्रतिशत बढ्यो, कुन बैंकले कति कमायो?

Oct 23, 2024 08:52 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो।