इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता

Oct 06, 2024 04:43 PM Merolagani



स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता भएको छ ।

 

आईतवार काठमाडौंमा एक कार्यक्रमबीच इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच उर्जा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । कार्यक्रमपछि सम्झौताबारे जानकारी दिँदै इप्पानका महासचिव बलराम खतिवडाले क्यानडामा धेरै ड्यामहरु बनेको र नेपालले पनि २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै त्यसको लागि नेपालमा पनि ठूला ड्यामहरु बनाउन आवश्यक रहेकाले अनुभव लिनका लागि सम्झौता गरिएको बताए।

उनले नेपालमा ठूला ड्यामहरु बनाउन क्यानडाको प्रविधि र तालिम आवश्यक हुने भन्दै क्यानडा ड्याम एशोसिएशनसँग सहयोगको सम्झौता गरिएको बताए ।


उनले भने, ‘क्यानेडियन ड्याम एशोसिएशन र इप्पानबीच जुन हाम्रो एउटा कोलाब्रेशन भइरहेको छ । क्यानडामा धेरै ड्यामहरु बनेका छन् । राम्रो राम्रो कन्सलटेण्टहरु र यसमा धेरै अनुभव भएको संस्था हो । नेपालमा पनि अब हामीले २८ हजार ५ सय मेगावाट जुन लक्ष्य लिएर सरकार अघि बढिरहँदा यहाँ पनि ठूलाठूला ड्यामहरुको निर्माण गर्नुपर्ने हुन्छ । त्यसको लागि प्रविधि हस्तान्तरण र यहाँको टे«निङ लगायतका कामहरुमा प्राविधिक रुपमा सपोर्ट गर्नेगरी यो कार्यक्रम हामीले आयोजना गरेको हो । प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र उहाँहरुले गरेको अनुभव शेयर गर्ने, प्राविधिक पक्ष भिजिट गर्ने भएकाले यो आगामी दिनमा आवश्यक भएकाले गरेका हौँ । यो महत्वपूर्ण भएको छ । इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच आज सम्झौता भयो । प्रत्येक वर्ष क्यानडामा पनि यो कार्यक्रम हुन्छ, नेपालमा पनि हुन्छ । उहाँहरुले टे«निङ पनि दिने भन्नुभएको छ ।’

उनले जलविद्युतको क्षमता बिस्तारका लागि ठूला ड्यामहरुको आवश्यक पर्ने भन्दै नेपालले उनीहरुबाट धेरै अनुभव लिनसक्ने बताए ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।