प्राविधिक विश्लेषणको इतिहास
प्राविधिक विश्लेषणको सुरुवात १७ औँ शताब्दीमा भएको मानिन्छ जब एम्स्टर्डमका व्यापारी जोसेफ डे ला भेगाको पुस्तक ‘कन्फ्युजन डे कन्फ्युजेस’ नामक पुस्तकमा पहिलोपटक देखिएको थियो। सो पुस्तक सन् १६८८ मा प्रकाशित भएको थियो। सो पुस्तकमा डच वित्तीय बजारको प्राविधिक अन्तरदृष्टि प्रदान गर्न एक धरै आधारभूत प्राविधिक विश्लेषणको संकरण प्रयोग गरिएको थियो।
सन् १६८८ को सोही प्राविधिक विश्लेषणलाई पछ्याउँदै, सन् १७५५ मा जापानी चामल व्यापारी होमा मुनिहिसाले ‘द फाउन्टेन अफ गोल्ड–द थ्रि मंकी रेकर्ड अफ मनि’ सार्वजनिक गरे जुन प्राविधिक विश्लेषण चार्ट प्याटर्न, बजार मूल्य ट्रेण्ड र क्यानडलस्टिक प्राइस चार्टको परिचय समावेश भएको पहिलो पुस्तक हो।
सन् १८९९ देखि १९०२ को बीच, प्राविधिक विश्लेषण निकै प्रचलित भयो जब वाल स्ट्रीट जर्नल र डाउ जोन्स इन्डष्ट्रियल इण्डेक्सका संस्थापक चाल्र्स डाउले वाल स्ट्रिीट जर्नलमा डाउ थ्योरी र आधुनिक प्राविधिक विश्लेषण अवधारणा सर्वसाधारणसमक्ष ल्याए।
२० औँ शताब्दीको सुरुवातमा, मुद्रण प्रविधिको विकासले प्राइस चार्टहरु उत्पादन तथा वितरण गर्न सहज बनायो। प्राविधिक विश्लेषहरुले प्याटर्न र ट्रेण्डहरु पहिचान गर्न र विगतका मूल्य तथ्याङ्क हेर्न चार्टको प्रयोग गर्न थाले। बार चार्ट र पोइन्ट एण्ड फिगर चार्टहरुको सुरुवातसँगै ट्रेडरहरुलाई बजारको व्यवहार विश्लेषण गर्न बलियो उपकरण उपलब्ध भयो।
१९२० र १९३० को दशकमा डाउ थ्योरीको परिचयसँगै, लेखक रिचार्ड डब्लु स्काबकरले प्राविधिक विश्लेषणलाई धेरै पुस्तकमार्फत प्रचार गरे।
सन् १९४८ मा, लेखक जोन मागी र रोबर्ट डी एडवार्डले आफ्नो पुस्तक ‘टेक्निकल एनालाइसिस अफ स्टक ट्रेण्ड’ मार्फत प्राविधिक विश्लेषणको थप प्रचार गरे र त्यसपश्चात हजारौँ गणितिय प्राविधिक उपकरण, सयौँ चार्ट प्याटर्न र तीसभन्दा बढी क्यान्डलस्टिक प्याटर्नहरु विकसित भए।
२० औँ शताब्दीभर, बजार प्राविधिकहरुले प्राइस डाटा विश्लेषण गर्न र सम्भावित ट्रेडिङ्ग अवसरहरु पहिचान गर्न नयाँ सूचक र ओसिलेटरहरु परिष्कृत र विकसित गर्न जारी राखे। मुभिङ्ग एभरेज, रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई), मुभिङ्ग एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसिडी), भोलाटाइलिटी, रेट अफ चेञ्ज, भोल्यूम र स्टकास्टिक ओसिलेटरजस्ता प्रमुख प्राविधिक सूचकहरु यस समयमा प्राविधिक विश्लेषणमा धेरै प्रचलित भए।
२० औँ शताब्दीको उत्तरार्धमा, कम्प्यूटर र एडभान्स्ड स्टास्टिकल प्रविधिको आगमनले प्राविधिक विश्लेषणमा त्र्रmान्ति ल्यायो। ट्रेडर र विश्लेषकहरुले अब बजार तथ्याङ्कको ठूलो मात्रामा विश्लेषण गर्न र व्यवस्थित रुपमा ट्रेडिङ्ग रणनीतिहरु परीक्षण गर्न परिष्कृत मात्रात्मक विधिहरु लागु गर्न सक्षम भए। यसले प्राविधिक विश्लेषणका सिद्धान्तमा आधारित एल्गोरिदमिक ट्रेडिङ्ग प्रणाली र क्वान्टिटेटिभ ट्रेडिङ्ग दृष्टिकोणको विकास गर्न सुरुवात गर्यो।
२० औँ शताब्दीको अन्त्यतिर र २१ औँ शताब्दीको सुरुवातमा, वित्तीय बजार ग्लोबलाइजेशन र व्यापक इन्टरनेटको प्रयोगले प्राविधिक विश्लेषणको वृद्धिलाई गति दियो। विश्वभरका ट्रेडर र इन्भेष्टरहरुले प्राविधिक विश्लेषणको ज्ञान र प्रविधिको प्रयोग र आदानप्रदानलाई सहज बनाउँदै रियल टाइम मार्केट डाटा, चार्टका उपकरण र प्राविधिक विश्लेषणका श्रोतहरु अनलाइनमार्फत हेर्न तथा चलाउन सक्ने भए।
पछिल्ला वर्षहरुमा, प्राविधिक विश्लेषणसँगै आधारभूत विश्लेषण, बिहेभोरियल फाइनान्स र क्यान्टिटेटिभ एनलाइसिस जस्ता अन्य विश्लेषणहरु पनि प्रचलित हुन थाल्यो। धेरै ट्रेडर तथा इन्भेष्टरहरुले ट्रेडको निर्णय गर्न र लगानीलाई व्यवस्थित गर्न, प्राविधिक विश्लेषणका साथसाथै अन्य विश्लेषणात्मक विधिहरुलाई मिलाएर बहु अनुशासनात्मक दृष्टिकोण प्रयोग गर्ने गर्दछन्।