जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्ती मार्फत टिकट खुल्लाः कन्सर्टबाट उठ्ने रकम अटिजमका लागि खर्च गरिने

Oct 08, 2024 01:21 PM Merolagani



विभिन्न युवा मैत्री मनोरञ्जनात्मक कार्यक्रम तथा रियालिटी सोहरूमा टिकटिङ र भोटिङ सेवा प्रदान गर्दै आइरहेको ‘खल्ती’ ले ‘जुबिन नौटियाल लाइभ ईन नेपाल’ च्यारिटी कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकटिङ खुल्ला गरेको छ।

एन् अटिजम केयर फाउन्डेसनसँग सहकार्य गर्दै अटिजम भएका व्यक्तिहरूका लागि आयोजित यस फन्ड रेजिङ च्यारिटी कन्सर्टमा युवाहरू माझ लोकप्रिय बनेको आवाज जुबिन नौटियालको लाइभ म्युजिकल प्रस्तुति रहनेछ भने खल्तीले सम्पूर्ण टिकटिङको एक मात्र साझेदारको रूपमा जिम्मा लिएको छ।

डिसेम्बर १४मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा हुन गई रहेको यस च्यारिटी कन्सर्टको टिकट खल्ती प्रयोगकर्ताहरूले निर्धक्क भई सुविधा जनक तवरबाट खल्ती एप तथा events.khalti.com मार्फत खरिद गर्न सक्नेछन् ।

यस च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिहरूका लागि विश्व स्तरीय शिक्षा समर्थन प्रदान गर्दै पूर्ण क्षमता सम्म पुग्न सशक्त बनाउने साथै उनीहरूको लागि एक समावेशी समाज सिर्जना गर्ने एन् अटिजम केयर फाउन्डेसनको सामाजिक उद्देश्यका लागि प्रयोग गरिने जनाइएको छ।

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने, “१००० भन्दा बढी इभेन्ट/कार्यक्रमहरूमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्दै आएको खल्तीले यस सामाजिक सेवा लक्षित च्यारिटी कन्सर्टमा आफ्नो टिकटिङ सेवा प्रदान गर्न पाउँदा हामी उत्साहित छौँ। युवा पुस्तामा निकै नै लोकप्रिय जुबिन नौटियालको प्रस्तुति र अटिजम सम्बन्धी जनचेतना तथा सहयोगको लागि सुरु गरिएको यस अभियानले खल्तीको सामाजिक उत्थानका लागि डिजिटल सेवा प्रदान गर्ने उद्देश्यलाई थप उत्साह दिने कुरामा हामी आशावादी छौँ। म्युजिकल उत्सवमा रमाउन र सामाजिक हितमा साथ दिनका लागि बढी भन्दा बढी प्रयोगकर्ताहरूले सहजै र सरलै अनलाइन टिकट खरिद गर्न मिल्ने यस सुविधाको लाभ लिनु हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।”

 




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।