अब ०.५ प्रतिशतभन्दा बढी बैंकको शेयर हुनेले कर्जा नपाउने

Oct 09, 2024 12:32 PM Merolagani



नेपाल राष्ट्र बैंकले ०.५ प्रतिशतभन्दा धेरै शेयर धारण गरेका व्यक्तिले सोहि बैंकबाट कर्जा लिन नपाउने व्यवस्था गरेको छ। केन्द्रिय बैंकले एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

"इजाजतपत्र प्राप्त संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी,एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन ।" राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ।

यसैगरी  चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयरधारण गरेका सेयरधनीहरुको विवरण इजाजतपत्रप्राप्त संस्थाले अर्धवार्षिक रुपमा सम्बन्धित सुपरीवेक्षण विभाग समक्ष पेश गर्नुपर्नेछ । 

नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्रमा देहायका अवस्थामा इजाजतपत्रप्राप्त संस्थाका संस्थापक समूह,सेयरधनी,लेखापरीक्षक, कानुनी सल्लाहकार तथा कर्मचारीलाई कर्जा तथा गैरकोषमा आधारित सुविधा प्रदान गर्न बन्देज गरिएको छ जनाएको छ ः–

(१) चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी वा चुक्ता पुँजीको एकप्रतिशतभन्दा बढी सेयर लिएका सेयरधनी तथा निजका परिवारका सदस्य र कर्मचारीलाई,

(२) चुक्ता पुँजीको०.५ प्रतिशत भन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, चुक्ता पुँजीकोएक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका व्यक्ति÷फर्म÷कम्पनी÷संस्था, कार्यकारी प्रमुख, बहालवाला लेखापरीक्षक, कानुनी सल्लाहकार तथा कर्मचारी वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा त्यस्ता व्यक्तिका वित्तीय स्वार्थ भएका फर्म, कम्पनी, संस्था वा सञ्चालक मनोनित वा नियुक्ति गर्ने अधिकार पाएका फर्म, कम्पनी वा संस्थालाई,

(३) चुक्ता पुँजीको एक प्रतिशतभन्दा बढी सेयर लिएको सेयरधनी र इजाजतपत्रप्राप्त संस्थाका कर्मचारी साझेदार भएको वा जमानत बसेको वा अन्य किसिमको वित्तीय स्वार्थ भएको व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई,

(४) राष्ट्र बैंकले निर्देशन दिएको बाहेक एक प्रतिशत भन्दा बढी सेयर धारण गरेका सेयरधनी र कर्मचारीले १० प्रतिशतभन्दा बढी सेयर लिई मताधिकार लिएको फर्म, कम्पनी वा संस्थालाई,




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।