प्रकोप प्रभावितका लागि विश्व बैंकद्वारा नेपाललाई १५ करोड डलर सहयोग

Oct 09, 2024 02:00 PM MeroLagani



विश्व बैंकले नेपालका लागि १५ करोड डलर (२० अर्ब १० करोड रुपैयाँ) उपलब्ध गराउने भएको छ । नेपालमा पछिल्लो समय निम्तिएको प्राकृतिक तथा मौसमी प्रतिकुलताले निम्त्याएको वितण्डाबाट राहत पाउन र आपतकालिन स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने गरी विश्व बैंक कार्यकारी निर्देशकहरुको बोर्ड बैठकले सो रकम स्वीकृत गरेको हो ।

नेपालमा प्राकृतिक प्रकोपहरूको सामना गर्नका लागि विश्व बैंकले ‘क्याटास्ट्रोफ डिफर्ड ड्रडाउन अप्सन’ (क्याट डीडीओ)शुरू गरेको छ । यो कार्यक्रमले प्रकोप प्रभावितका लागि नीति र नियम सुधारमा जोड दिँदै प्रकोपको प्रभावलाई कम गर्ने उद्देश्यले संस्थागत संयन्त्रलाई थप सुदृढ बनाउनेछ। यस कार्यक्रमले पूर्व–जानकारी प्रणाली सुधार गर्न र महत्वपूर्ण पूर्वाधारमा जोखिम कम गर्नका लागि आवश्यक नीति, नियमहरूको निर्माणमा सहयोग पुग्नेछ जसले सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थामा तयारी अवस्थामा राख्नेछ ।

C7#

विश्व बैंकका क्षेत्रीय निर्देशक डेविड सिस्लेनले हालको बाढीले देखाएको जस्तै, नेपाल प्राकृतिक र जलवायु–प्रेरित खतराहरू र स्वास्थ्य आपतकालीन अवस्थाहरूको बहुपरिघटनाको सामना गर्दै गएको बताइ । यसले देशलाई गम्भीर आर्थिक झट्का भोग्ने जोखिममा पार्दै गएको उनको भनाई छ । विश्व बैंको क्याट डीडीओ कार्यक्रमले ती जोखिमहरूको विरुद्ध लचीलापन निर्माण गर्न सरकारका सुधारहरूको समर्थन गर्ने र प्रकोप वा सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थाबाहेक तत्काल पहुँच योग्य क्रेडिटको लाइन प्रदान गर्दछ जसले तात्कालिक र प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्ने बताए ।
क्याट डीडीओ एक नयाँ प्रकोप जोखिम वित्तपोषण उपकरण हो जसले सरकारले आवश्यकताको समयमा तात्कालिक रूपमा प्रतिक्रिया जनाउन मद्दत गर्दछ । यसले सरकारका विकास कार्यक्रमहरूबाट स्रोतहरू डाइवर्ट नगरी काम गर्न सक्छ। यसले सरकारले स्थापित गरेका राष्ट्रिय प्रकोप व्यवस्थापन कोष र प्रधानमन्त्रीको प्रकोप राहत कोष जस्ता प्रतिक्रियाकारी म्याकानिजमहरूलाई पूरक बनाउँछ।

 




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।