बाढी पहिरो पीडितलाई कसले कति पैसा दिए ? सबैभन्दा बढी सहयोग गर्नेमा दुई सरकारी बैंक, उनीहरूले कति दिए ?

Oct 09, 2024 04:25 PM merolagani



असोजको पहिलो साता आएको बाढी पहिरोमा परेकाहरूलाई सहयोग रकम जुट्ने क्रम जारी छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबारसम्म १५ करोड रुपैयाँ सङ्कलन भएको विवरण कोषले सार्वजनिक गरेको छ।  

जसमा सबैभन्दा बढी दुई सरकारी बैंकले जम्मा गरेका छन्। राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले दुई दुई करोड रुपैयाँ जम्मा गरेका हुन्। कोषमा असार मसान्तसम्म एक अर्ब ५२ करोड रुपैयाँ जम्मा रहेकोमा उक्त रकम अहिले बढेर एक अर्ब ६९ करोड रुपैयाँ पुगेको कोषले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

भुकम्मदेखिनै व्यक्तिगत रुपमा सहयोग रकम उठाउन रोक लगाइएको छ। सहयोगको नाममा सङ्कलित रकम अपचलन हुन थालेपछि सो व्यवस्था गरिएको थियो। जुन यस पटक पनि जारी रहेको छ। यस पटकको बिपदमा सबैभन्दा पहिले सहयोग गर्ने संस्था सिटिजन्स बैंक रहेको थियो। उसले २५ लाख रुपैयाँ कोषमा दाखिला गरेको थियो। दोस्रोमा सहयोग गर्ने संस्था भाटभटेनी सुपर मार्केट छ। उसले एक करोड ११ लाख ११ हजार ११ रुपैयाँ जम्मा गरेको थियो। यस पटक गत असोज १४ गतेदेखि कोषमा रकम जम्मा हुन थालेको हो।

कोषमा सहयोग गर्नेहरूमा धेरै जसो संस्था देखिएका छन्। व्यक्तिगत सहयोग भने निक्कै कम देखिएको छ। यस पटक कुल ४३ सहयोगमा ६ सहयोग व्यक्तिगत छ।     

सहयोग गर्नेको विवरण

 

 




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।