भारतीय प्रसिद्ध व्यापारी रतन टाटाको ८६ वर्षको उमेरमा निधन

Oct 10, 2024 06:36 AM Merolagani



टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो।

उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए।

उनलाई २ दिनअघि आईसीयूमा भर्ना गरिएको खबर पनि आएको थियो। तर, त्यसपछि उनले ‘म ठिक छु, चिन्ता लिनुपर्ने केही छैन’ भनेर सामाजिक सञ्जालमा पोस्ट शेयर गरेका थिए। सन् २००८ मा, रतन टाटाले भारतको दोस्रो सर्वोच्च नागरिक पुरस्कार, पद्म विभूषण प्राप्त गरेका थिए। यसअघि सन् २००० मा पनि उनलाई पद्मभूषणबाट सम्मानित गरिएको थियो।

रतन टाटाको निधनमा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरले भने, ‘हामी रतन टाटालाई ठूलो क्षतिको भावनाका साथ बिदाइ गर्दछौं। टाटा समूहको अध्यक्ष भन्दा बढी थिए। मेरो लागि उहाँ गुरु, मार्गदर्शक र साथी हुनुहुन्थ्यो।




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।