बाढी पहिरोको कारण अहिलेसम्म साढे ७ अर्बको दाबी पर्ने अनुमान, ३ अर्ब ८१ कराेडकाे दाबी माग, साढे ७८ लाखको भुक्तानी

Oct 16, 2024 03:22 PM MeroLagani



बाढीपहिरोको कारण हाल नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमा करिब साढे ७ अर्ब रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ । नेपाल बीमा प्राधिकरणको असोज २२ गतेसम्मको तथ्यांक अनुसार प्रारम्भिक निरीक्षणको आधारमा ७ अर्ब ४० करोड रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको हाे ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा २ हजार ५७६ वटा दाबी पर्न सक्ने प्रारम्भिक अनुमान छ ।

यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब ९३ करोड ७८ लाख रुपैयाँ बढीको दाबी पर्ने अनुमान छ । यो कम्पनीमा ४५० वटा दाबी पर्न सक्ने प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम अनुमान गरिएको हो । सिद्धार्थमा सबैभन्दा धेरै दाबी पर्ने अनुमान गरिए पनि असोज २२ गतेसम्म एउटा पनि दाबी परेको छैन ।

बाढीपहिरोको क्षतिले हिमालयन एभरेष्टमा ९४ करोड रुपैयाँ बराबरको २१२ वटा दावी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)मा ६५ करोड रुपैयाँको ३३९ वटा दावी पर्ने प्रारम्भिक अनुमान गरिएको छ । साथै नेशनल इन्स्योरेन्समा ३८ करोड रुपैयाँको ५० वटा दावी, नेपाल इन्स्योरेन्समा ३३ करोड रुपैयाँको १५८ वटा दावी, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २० करोड रुपैयाँको २४८ वटा दावी पर्ने अनुमान गरिएको छ । यद्यपि प्रारम्भिक अनुमान धेरै भएपनि हिमालयन एभरेष्ट इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा असोज २२ गतेसम्म कुनै दाबी परेको तथ्यांक छैन ।

एनएलजी इन्स्योरेन्समा १९ करोड रुपैयाँ बराबरको १३६ वटा दावी, सानिमा जिआइसी इन्स्योरेन्समा १७ करोड रुपैयाँको १७५ वटा दावी, युनाइटेड अजोड इन्स्योरेन्समा १० करोड रुपैयाँको २६० वटा दावी पर्ने अनुमान गरिएको छ ।

विवरण अनुसार असोज २२ गतेसम्म १८ वटा निर्जीवन बीमा कम्पनीहरुमा ३ अर्ब ८१ करोड १७ लाख रुपैयाँ बराबर १३ सय ७४ वटा दावी परेका छन् । दाबी परेको मध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ६९ वटा दावी भुक्तानी वापत ७८ लाख २६ हजार रुपैयाँ र आइजीआई प्रुडेन्सियलले १ वटा दाीको ३८ हजार ८ सय ७८ रुपैयाँ भुक्तानी गरिसकेको छ ।

दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक अर्ब ४५ करोड रुपैयाँ बढीको १६२ वटा दावी परेको छ । नेको इन्स्योरेन्समा ९६ करोड ४३ लाख रुपैयाँको २५८ वटा दावी परेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ करोड ३७ लाख २० हजार रुपैयाँमो २४ वटा दाबी परेकोमा एउटा दाबीको भुक्तानी समेत भएको छ ।

त्यस्तै एनएलजी इन्स्योरेन्स १९ करोड रुपैयाँको १ सय ३६ वटा, युनाइटेड अजोड इन्स्योरेन्समा १० करोड २५ लाख रुपैयाँको २ सय ६० वटा दाबी परेको छ । त्यसैगरी प्रभु इन्स्योरेन्समा झन्डै ४ करोड ९० लाख रुपैयाँको १ सय ७ वटा, राष्ट्रिय बीमा कम्पनीमा १० करोड ७२ लाखको १६ वटा तथा शिखर इन्स्योरेन्समा ९३ करोड रुपैयाँको ३ सय ९३ वटा दाबी परेको छ ।

लघु बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै स्टार माइक्रो इन्स्योरेन्समा ३८ लाख ८५ हजार रुपैयाँको ९ वटा, ट्रष्ट माइक्रो इन्स्योरेन्समा १५ लाख २० हजारको ४ वटा र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा २ लाख ६० हजार रुपैयाँको ४ वटा दाबी परेको छ ।

केही साता अघिदेखि परेको अविरल वर्षाको कारण देशभर ठूलो जनधनको क्षति भएको छ । क्षतिका कारण बीमा कम्पनीहरूमा परेको दाबीको विस्तृत विवरण छिटोभन्दा छिटो संकलन गरी सहज भुक्तानी गर्न प्राधिकरणले बीमकहरुलाई निर्देशन दिएको छ । त्यस्तै, कम्पनीहरूलाई साप्ताहिक रुपमा प्राधिकरणमा तथ्यांक पेश गर्न समेत निर्देशन दिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले अहिलेसम्म सम्पत्ति बीमा ६ सय १२ वटा दाबीमध्ये ३८ वटा दाबी बरबरको ५५ लाख १७ हजार रुपैयाँ, मोटर बीमा (निजी) तर्फ ३ सय ६६ वटा दाबीमध्ये २३ वटा दाबी बराबर १७ लाख ९६ हजार रुपैयाँ, पशुपन्छी बीमातर्फ ४२ वटा बीमा दाबीमध्ये ४ वटा बीमा बराबर २ लाख ६ हजार रुपैयाँ, मोटरबीमा (सार्वजनिक)तर्फ १ सय १५ वटा दाबीमध्ये ४ वटा दाबी बराबर ३ लाख ३५ हजार रुपैयाँ र सामुद्रिक बीमाअन्तर्गतको ५ वटा दाबीमध्ये १ वटा दाबी बराबर ९ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।