अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 20, 2024 11:00 AM Merolagani



कात्तिक ४ गते, आइतबार, अरुण भ्याली हाइड्रोपावर (AHPC) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले कात्तिक १४ गते, बुधबार, होटल क्रिस्टल पशुपती, गौशाला, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेण्टि दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।