राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा २९ प्रतिशत बढ्यो, कुन बैंकको कति बढ्यो?

Oct 23, 2024 11:55 AM Merolagani



राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.०७ प्रतिशत बढेको छ।

८ राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कुल १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिसम्ममा यी बैंकहरुले १ अर्ब १० करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

 

ज्योति विकास बैंकको नाफा सर्वाधिक बढ्यो

समीक्षा अवधिमा ज्योति विकास बैंकको नाफा सर्वाधिक १९७.६१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड ११ लाख रुपैयाँ यस्तो नाफा कमाएको छ।

राष्ट्रियस्तरका विकास बैंकहरुमा नाफा घटेको एक मात्र विकास बैंक हो महालक्ष्मी विकास बैंक। समीक्षा अवधिमा सो बैंकको खुद नाफा १.१४ प्रतिशत घटेको छ।

सबैभन्दा बढी नाफा कमाउने मुक्तिनाथ विकास बैंक

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सबैभन्दा बढी नाफा कमाउने राष्ट्रियस्तरको विकास बैंक हो–मुक्तिनाथ विकास बैंक। सो बैंकले असोज मसान्तसम्ममा २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.१७ प्रतिशत बढी हो।

रकमका आधारमा सबैभन्दा कम नाफा कमाउने बैंक भने सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिम्ममा ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।