स्वावलम्बन लघुवित्त र हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 24, 2024 06:26 AM Merolagani



कात्तिक ८ गते, बिहीबार, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। स्वाबलम्बन लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र हिमालयन ८०–२० ले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक ९ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी तथा इकाईधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले कात्तिक ३० गते, शुक्रबार, लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित सञ्चालकको रिक्त हुने एक स्थानका लागि सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यता, हिमालयन क्यापिटल लिमिटेडको योजना व्यस्थापनमा हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।