बलेफी हाइड्रोपावरले तोक्यो हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति

Oct 25, 2024 09:12 AM Merolagani



बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। कम्पनीले कात्तिक २१ गते बुकक्लोज गर्न लागेको हो।

यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।